स्याङ्जामा एकै रात १३ घरमा चोरी

स्याङ्जा | माघ १८, २०७९

स्याङ्जामा एकै रात १३ घरमा चोरी

स्याङ्जा:  देशकै पहिलो होमस्टे आँधीखोला गाउँपालिका–१, सिरुबारीमा एकै रात १३ ठाउँमा चोरी भएको छ। वडा कार्यालयसहित एक बौद्ध गुम्बा, एक सहकारी र आठवटा निजी घरमा चोरी भएको हो। 

 

राजास्वारादेखि सिरुबारीसम्मको दुई किमि दूरीभित्र चोरी भएको प्रहरी निरीक्षक पदमराज थापाले बताउनुभयो। चोरी गर्नेले मुख्य गरेर सुन र नगदमा ध्यान दिएको देखिएको छ। बौद्ध गुम्बाको दान पेटिका लग्दा भित्र रहेका वर्षौंदेखिका पुराना बुद्धका मूर्तिमा भने केही नगरेको थापाले बताउनुभयो। 

 

चोरी गर्नेले तीन लाख ३६ हजार रुपियाँ नगदसहित, साढे १० तोल सुन चोरी गरेका छन्। सबैभन्दा धेरै सम्पत्ति पूर्णबहादुर गुरुङको घरबाट चोरी भएको छ। 

 

गुरुङ परिवार पोखरा  गएको मौका छोपी मङ्गलसूत्र, चन्द्रमा, नौगेडी, चुरा, बेरुवा औँठी गरी साढे १० तोला सुन र नगद दुई लाख पाँच हजार लगेको थापाले बताउनुभयो। यस्तै वडा कार्यालयबाट ३० हजार रुपियाँ,  पूर्णबहादुर बगालेकोबाट सीसीटीभी, मोनिटर र सीपीयू लगेका छन्। 

 

चोरले गङ्गाधर ढकालको किराना पसलबाट सात हजार, मेखबहादुर दर्जीको पसलबाट २० हजार नगद, लक्ष्मी शर्माको फेन्सी पसलबाट सात हजार नगद, कृष्णप्रसाद पौडेलको पसलबाट सात हजार, मित्रलाल अधिकारी र दिगो बहुउद्देश्यीय सहकारीबाट एक/एक हजार नगद, ख्यामबहादुर दर्जीको घरबाट दुई केजी सुकुटी चोरी गरेका छन्।  

 

मान्छे नभएका घर र पसलबाट चोरी भएकाको कारण चोरी गर्ने नजिकैका वा चिने जानेकै मान्छे हुन सक्ने सक्ने वडा अध्यक्ष पवनकाजी अधिकारीले अनुमान गर्नुभयो।  उहाँले आफ्नो वडा कार्यालयबाट देखिएको राजस्वको खाममा रहेको ८८ हजार नलगेको र अफिसका ल्यापटप, कम्प्युटर केही नगरेको बताउनुभयो। 

पोखरा ।   गण्डकी प्रदेश सरकारको लगानीमा निर्मित गण्डकी प्रदेश प्रहरी अस्पतालको उद्घाटन गरिएको छ ।   गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले एक समारोहकाबीच आज अस्पताल भवनको उद्घाटन गरे...

थप पढ्नुहोस्

पोखरा ।   जिल्ला प्रहरी कार्यालय कास्कीको मुद्धा फाँटमा कार्यरत प्रहरी वरिष्ठ हवल्दार विष्णु थापा क्षेत्री घुस लिएको आरोपमा पक्राउ परेका छन् ।   अख्तियार दुरुपयोग अनुसन्धान आयोग पोखराको टोलीले...

थप पढ्नुहोस्

पोखरा ।  गण्डकी प्रदेश सरकारले महामारी र संक्रामक रोग व्यवस्थापनका लागि ५ करोड रुपैयाँको आपतकालीन कोष स्थापना गर्ने निर्णय गरेको छ ।   मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले ‘आपतकालीन स्...

थप पढ्नुहोस्